Rule 30
परीक्षकको अयोग्यता
देहायको व्यक्ति परीक्षकको पदमा नियुक्ति हुन सक्ने छैन ः-
(क) तत्काल कार्य सम्पादन परीक्षण गर्नु पर्ने प्रमाणीकरण गर्ने निकायसँग कुनै प्रकारको शेयर लिएको वा आर्थिक वा व्यापारिक कारोबार भएको वा कुनै किसिमको स्वार्थ देखिएको,
(ख) प्रमाणीकरण गर्ने निकाय वा निजका कुनै कर्मचारीसँग आर्थिक वा व्यापारिक स्वार्थ भएको,
(ग) प्रमाणीकरण गर्ने निकाय वा निजका कर्मचारीको एकाघर परिवारको सदस्य रहेको ।